एनपिएल लिगको अन्तिम खेल आज सुदूरपश्चिम र कर्णाली
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल सम्पन्न भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९.१५ बजे सुरु भएको खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने छन् । सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।
कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।
यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौँ गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।


१५ जेठ, काठमाडौं । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल ईसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ईसेवाले मल्ललाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो