Responsive Ad Slot

Showing posts with label Football. Show all posts
Showing posts with label Football. Show all posts

युभेन्टस् च्याम्पियन्स फाइनलमा

No comments

May 10, 2017

बैशाख २७ । युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २-१ ले हराउँदै समग्रमा ४-१ को जितसहित युभेन्ट्स उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा पनि युभेन्ट्सले मोनाकोलाई उसकै घरेलु मैदानमा २-० ले हराएको थियो ।
घरेलु मैदानमा भएको खेलमा इटालिय युभेन्टस्लाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरे
मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।
युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस् बार्सिलोनासँग ३-१ ले पराजित भएर उपविजेतामा सीमित भएको थियो ।
युभेन्टसले आगामी जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ ।
रियल र एथ्लेटिको मड्रिडबीचको दोस्रो सेमिफाइनल लेज आज राति हुँदै छ । पहिलो लेगमा भने रियल मड्रिड ३-० ले विजयी भएको थियो ।

म्यानचेष्टर सिटीको शानदार जित

No comments

May 7, 2017

बैशाख २४ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले शानदार जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५-० को फराकिलो अन्तरले पराजित ग¥यो । घरेलु मैदानमा म्यानसिटीलाई जिताउन डेभिड सिल्भा, भिन्सेन्ट कोम्पानी, केभिन डे ब्रायन, राहिम स्टर्लिङ र निकोलस ओटामेन्डीले एक/एक गोल गरे ।
यो जितसँगै म्यानसिटी ३५ खेलबाट ६९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
३५ खेलबाटै ७७ अंकसहित टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित उपाधि नजिक पुगेको छ ।
प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा हल सिटीलाई सण्डरल्याण्डले २-० ले हराएको छ । दोस्रो श्रेणीमा झरिसकेको सण्डरल्याण्डसँग पराजित भएपछि हल सिटी पनि रेलिगेशनको खतरामा पुगेको छ ।
राति एभर्टनलाई १-० ले हराउँदै स्वान्सी सिटी भने तालिकाको १७ औं स्थानमा उक्लिएको छ । उसको ३६ खेलबाट ३५ अंक भएको छ । समान खेलबाट हल सिटीको ३४ अंक छ ।
राति भएका अन्य खेलमा लेष्टर सिटीले वाट्फोर्डलाई ३-० ले हराउँदा बर्नमाउथ र स्टोक सिटी तथा बर्न्ले र वेष्ट ब्रोमले २÷२ गोलको बराबरी खेलेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र साउथह्याम्पटन तथा आर्सनल र म्यानचेस्टर युनाईटेड भिड्नेछन् ।

टोटनह्याम हट्सपर एक गोलले पराजित

No comments

May 6, 2017

बैशाख २३ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरको उपाधि होडमा गम्भीर धक्का लागेको छ ।


शुक्रबार राति घरेलु मैदान ओलम्पिक स्टेडियममा वेस्टह्याम युनाइटेडले दोस्रो स्थानको टोटनह्याम हट्सपर एक गोलले पराजित गरेको हो ।
वेस्टह्यामका लागि दोस्रो हाफको ६५ औं मिनेटमा लेन्जिनीले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएसँगै टोटनह्यामको ३५ खेलबाट ७७ अंक मात्र भएको छ ।
एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै ६९ अंकको लिभरपुल तेस्रो स्थानमा छ ।
४२ अंकका साथ ९ औं स्थानमा रहेर शीर्ष ६ मा अट्ने सम्भावना गुमाएको वेष्टह्यामले रेलिगेशनको सम्भावना भने लगभग टारेको छ ।

मेसीमाथि लगाइएको आरोप प्रमाणित भएन्

No comments

बैशाख २३ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्टार खेलाडी लियोनल मेसीमाथि लगाएको ४ खेलको निलम्बन फुकुवा गरेको छ ।


मेसीविरुद्ध सहायक रेफ्रिलाई गालीगलौज गरेको आरोप लगाइएको थियो । तर, त्यसलाई प्रमाणित गर्ने आधारहरु नभेटिएकाले मेसीमाथिको कठोर सजाय हटाइएको फिफाले जनाएको छ ।
अर्जेन्टिनी फुटबल संघले मेसीको निलम्बनमा फिफामा अपील गरेको थियो । त्यसमा फिफाको अपिल कमिटीले नयाँ निर्णय दिएको हो ।
गत मार्चमा अर्जेन्टिनाले घरेलु मैदानमा चिलीमाथि १-० को विजय हात पारेको खेलपछि घटनामा मेसी दोषी पाइएका थिए । मेसीले नै सो खेलमा पेनाल्टी गोल गरेका थिए ।

युभेन्टसले मोनाकोलाई हरायो

No comments

May 4, 2017

बैशाख २१ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ ।


बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी भएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुवानले गरे ।
जितसँगै युभेन्टसले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता मोनाको भने ईटालीमा हुने दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।
दोस्रो लेगको खेल अर्को हप्ता ईटालीको टुरिनमा आयोजना हुनेछ ।
च्याम्पियन्स लिग सेमिफाइनलको अर्को खेलमा स्पेनको रियाल मड्रिडले एथ्लेटिको मड्रिडमाथि पहिलो लेगमा ३-० को अग्रता लिएको छ ।

लिभरपुलसँग वाट्फोर्ड पराजित

No comments

May 2, 2017

बैशाख १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १-० ले हराएको छ ।


वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले निर्णायक गोल गरे ।
जितसँगै लिभरपुलले जारी लिगको शीर्ष चारमा पर्ने सम्भावना बलियो पारेको छ । लिगमा ३५ खेलबाट लिभरपुलको ६९ अंक छ ।
एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको टोटनह्यामको ७७ अंक छ ।
लिभरपुलभन्दा तल रहेका म्यान्चेस्टर सिटीको ६६ अंक तथा म्यानचेस्टर युनाईटेडको ६५ अंक रहेको छ ।

पराजित भएसँगै सन्डरल्याण्ड रेलिगेसनमा

No comments

Apr 30, 2017

वैशाख १७ । इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो । १० वर्षे प्रिमियर डिभिजनको बसाईमा थुप्रै पटक रेलिगेसनको संघारमा पुगेर पनि जोगिँदै आएको सण्डरल्याण्ड यसपटक भने जोगिन सकेन ।
गएरातिको हारपछि अंक तालिकाको पुछारमा रहेको सण्डरल्याण्ड ४ खेल खेल्न बाँकी छँदै रेलिगेसनमा परेको हो । सण्डरल्याण्डले अब आगामी सिजनमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
गएरातिको खेलमा बर्नमाउथका जोसुवा किङले ८८ औं मिनेटमा निर्णायक गोल गरेपछि सण्डरल्याण्डको रेलिगेशन पक्का भएको थियो ।
प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र बर्नले पनि विजयी भए । लेष्टर सिटीका जेमी भार्डीले निर्णायक गोल गरेपछि वेष्ट ब्रोम १–० ले पराजित भयो ।
यसैगरी बर्नलेले क्रिष्टल प्यालेसलाई २–० ले हरायो ।
गएराति भएका अन्य खेलमा साउथह्याम्पटन र हल सिटी तथा स्टोक सिटी र वेष्ट ह्याम युनाईटेडले गोलरहीत बराबरी खेलेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति उपाधि दावेदारहरुले खेल्नेछन् । तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले सातौं स्थानको एभर्टनसँग खेल्दा दोस्रो स्थानको टोटनह्याम हट्सपरले छैटौं स्थानको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी म्यान्चेस्टर युनाईटेड र स्वान्सी सिटी तथा मिडिल्सब्रो र म्यान्चेस्टर सिटी भिड्नेछन् ।

रियालको उपाधि यात्रामा धक्का

No comments

Apr 24, 2017

बैशाख ११ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ ।


उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३-२ ले विजयी भयो ।
रियाल मड्रिडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा ईभाँ राकिटिचले एक गोल गरे ।
पराजित टोली रियाल मड्रिडका क्यासेमिरो र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरेका थिए ।
खेलमा रियाल मड्रिडका डिफेन्डर सर्जीयो रामोसले ७७ औं मिनेटमा रातो कार्ड खाएपछि घरेलु टोलीले पछिल्लो १३ मिनेट १० जनामै खेल्नुपरेको थियो ।
जितपछि बार्सिलोनाले लिग तालिकामा रियाल मड्रिडलाई उछिनेको छ । ३३ खेलबाट उसको ७५ अंक छ ।
एक खेल कम खेलेको रियाल मड्रिडको समान ७५ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

पराजयसँगै लिगमा बार्सिलोनको यात्रा पनि टुंगियो

No comments

Apr 20, 2017

वैशाख ७ । च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । पराजयसँगै लिगमा बार्सिलोनको  यात्रा पनि टुंगिएको छ । 

क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा एक गोल पनि गर्न सकेन र यात्रा टुंगियो ।
गोलरहित बराबरीपछि युभेन्टस समग्रमा ३–० को जितसहित अन्तिम चारमा पुगेको हो । अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पराजित भएर पनि बार्सिलोनाले दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गरेको थियो ।
दोस्रो लेगमा ६–१ को जित निकालेर अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि त्यस्तै पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरे पनि गोल गर्न सकेन ।
बार्साका हस्तीहरु लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्न सकेनन् । योसँगै बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ ।
गएराति नै भएको अर्को खेलमा फ्रेन्च लिग वान क्लब मोनाको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हराएर समग्रमा ६–३ को जितसहित मोनाकोले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
मोनाको सन् २००४ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

रोनाल्डोले गरे ह्याट्रिक

No comments

Apr 19, 2017

बैशाख ६ । च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ ।


मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४-३ गोल अन्तरले जित हात पारेको हो ।
पहिलो लेगमा २-१ को जित निकोलेको रियल समग्रमा ६-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।
रियलको घरेलु मैदानमा भएको खेलमा बार्यनका भिडालले रातो कार्ड पाएका थिए भने रोनाल्डोले ह्याट्रिक गर्न भ्याए । खेलमा बार्यन म्युनिखले अग्रता लिएपनि परिणाम जोगाउन सकेन ।
यस्तै लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ ।
राति नै भएको दोस्रो लेग १-१ को बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १-० को जितले एथ्लेटिकोलाई अघिल्लो चरणमा पुर्‍याएको हो ।

आर्सनलले मिडल्सबर्गलाई हरायो

No comments

Apr 18, 2017

बैशाख ५ । इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरे । मिडल्सबर्गका लागि नेग्रेडोले एक गोल फर्काए ।
जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ ।
आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन तथा चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकले पछि छ ।

म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो

No comments

Apr 17, 2017

बैशाख ४ । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ ।

आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो ।
खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र एण्डर हरेराले एक एक गोल गरे ।
प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा लिभरपुलले वेष्ट ब्रोमलाई १-० ले पराजित गर्‍यो ।
खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले निर्णायक गोल गरेका हुन् ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७५ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।
समान खेलबाट ७१ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

टोटनह्याम हट्सपरद्वारा बर्नमाउथ पराजित

No comments

Apr 16, 2017

वैशाख ३ । बर्नमाउथलाई हराँउदै टोटनह्याम हट्सपरले इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको चेल्सीमाथि दबाब बढाएको छ ।

गएराति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ४–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन मौसा डेम्बेले, हिउङ मिन सन, ह्यारी केन र भिनसेन्ट यानसेनले एक/एक गोल गरे ।
जितपछि टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दुरी घटाएर ४ अंकमा सिमित गरेको छ । लिगमा ३२ खेलबाट टोटनह्यामको ७१ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ७५ अंक छ ।
चेल्सीले आज राति म्यान्चेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।
प्रिमियर लिग अन्तर्गत गएराति भएका अन्य खेलहरुमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ३–० ले हराउदा एभर्टनले बर्नलेलाई तथा स्टोक सिटीले हल सिटीलाई ३–१ ले हराएका छन् । त्यस्तै वाट्फोर्डले स्वान्सी सिटीलाई १–० ले हराएको छ । क्रिष्टल प्यालेस र लेष्टर सिटी तथा सण्डरल्याण्ड र वेष्ट ह्याम युनाईटेडले २/२ गोलको बराबरी खेलेका छन् ।

हरायो क्रिष्टल प्यालेसले आर्सनललाई

No comments

Apr 11, 2017

चैत २९ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा क्रिष्टल प्यालेसले आर्सनललाई हराएको छ ।

क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा घरेलु टोली ३-० ले विजयी भयो ।
आर्सनल विरुद्धको खेलमा क्रिष्टल प्यालेसलाई विजयी गराउन एन्ड्रोस टाउनसेन्ड, योहान काबाए र मिलिभोएभिचले एक एक गोल गरे ।
जितसँगै क्रिष्टल प्यालेस ३१ खेलबाट ३४ अंक जोड्दै प्रिमियर लिगको अंक तालिकामा १६ औं स्थानमा उक्लिएको छ ।
३० खेलबाट ५४ अंक जोडेको आर्सनल भने छैटौं स्थानमा रहेको छ ।
३१ खेलबाट ७५ अंक जोडेको चेल्सी तालिकाको शिर्ष स्थानमा रहँदा ६८ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो तथा ६३ अंकको साथ लिभरपुल तेस्रो स्थानमा रहेको छ ।
म्यान्चेस्टर सिटी ६१ अंकको साथ चौथो स्थानमा रहँदा पाँचौ स्थानको म्यान्चेस्टर युनाईटेडको ५७ अंक छ ।

सण्डरल्याण्डलाई म्यान्चेस्टर को तीन गोल

No comments

Apr 10, 2017



चैत २८ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड र एभर्टन विजयी भएका छन् ।

सण्डरल्याण्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड ३-० ले विजयी भयो । म्यानयुलाई विजयी गराउन जाल्टन ईब्राहिमोभिच, हेन्रीक मख्तरीयान र मार्कस रास्फोर्डले एक एक गोल गरे ।
राती भएको अर्को खेलमा एभर्टनले लेस्टर सिटीलाई ४-२ ले पराजित गर्‍यो । एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकुले दुई गोल गर्दा टम डेभिस र फिल जगेल्काले एक एक गोल थपे ।
पराजित टोली लेष्टर सिटीका स्लीमानी र अल्ब्राईटनले एक एक गोल गरे । प्रशिक्षक क्लाउडियो रेनरीबो बर्खास्तीपछि खेलेका पछिल्ला ६ खेलमा लेष्टरको यो पहिलो हार हो ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३१ खेलबाट ७५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहँदा ६८ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।
एक खेल बढी खेलेको लिभरपुल ६३ अंकसतिह तेस्रो स्थानमा छ । प्रिमियर लिग फुटबलमा आज राती क्रिष्टल प्यालेस र आर्सनल भिड्ने छन् ।

रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लबमा

No comments

Apr 8, 2017

चैत २६ । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लवसँग अनुबन्धित भएका छन् ।

घुँडाको चोटका कारण झण्डै एक वर्ष नेपालमा रहेका रोहितले शुक्रबार इन्डोनेसियाको फुटबल क्लव पर्सिजा जाकार्तासँग आगामी एक सिजनका लागि सम्झौता गरेका हुन् ।
पर्सीजा जाकार्ता इन्डोनेसियाको शिर्ष डिचिजनको क्लव हो । रोहितले यसअघि सन् २०११ देखि २०१५ सम्म सोही क्लवबाट व्यावसायिक फुटबल खेलेका थिए ।
गत बर्ष मलेसियाको टी टिम फुटबल क्लवसँग आवद्ध भएका रोहितले घुँडाको चोटका कारण सम्झौता रद्ध गर्नुपरेको थियो ।
त्यसपछि उपचारमा लागेका रोहितले दुई हप्ता अघि मात्रै नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।
- See more at: http://www.imagekhabar.com/news/latest/sports/18747#sthash.iK5SBluJ.dpuf

म्यान्चेस्टर र एभर्टन बराबरी

No comments

Apr 5, 2017

चैत २३ । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले एभर्टनसँग १-१ गोलको बराबरी खेलेको छ ।

म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलको सुरुमै एभर्टनका फिल जगेल्काले पहिलो गोल गरे ।
दोस्रो हाफको अन्तिम समयमा म्यान्चेस्टर युनाईटेडले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई गोलमा बदल्दै ज्लातन ईब्राहिमोभिचले खेल बराबरी गरेका हुन् ।
प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको अर्को खेलमा लेष्टर सिटीले सण्डरल्याण्डलाई तथा वाट्फोर्डले वेष्ट ब्रोमलाई २-० ले हराएका छन् । बर्नलेले स्टोक सिटीलाई १-० ले हरायो ।
इंङ्गलिस प्रिमियर लिग फुटबलमा आज राती ६ खेल हुनेछन् । आज चेल्सी र म्यान्चेस्टर सिटी आमने सामने हुँदा आर्सनलले वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।
यसैगरी टोटनह्याम हट्सपर र स्वान्सी सिटी, लिभरपुल र बर्नमाउथ, साउथह्याम्पटन र क्रिष्टल प्यालेस तथा हल सिटी र मिडिल्सब्रो भिड्नेछन् ।
प्रिमियर लिगमा अहिलेसम्म २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

झापा–११ माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा

No comments

Apr 3, 2017

चैत २० ।झापा–११ इलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


आइतबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई ‘टाइब्रेकर’मा ५–३ ले हराउँदै झापा–११ ले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित् ९० मिनेट र थपिएको १५ मिनेटमा पनि गोल नभएपछि टाइब्रेकरमा खेलको निर्णय भएको हो ।
खेलको ‘म्यान अफ द म्याच’ झापाका गोलरक्षक किशोर गिरी घोषित भए ।
प्रतियोगिताअन्तर्गत् सोमबार मनाङ–मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्नेछन् ।

चेल्सी पराजित

No comments

Apr 2, 2017

चैत २० । इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको चेल्सी पराजित भएको छ ।शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २-१ ले हराएको हो । खेलमा चेल्सीका सेस्क फाब्रिगासले पहिलो गोल गरे ।

तर प्यालेसका बेन्टेके र जाहाले एक एक गोल गरेपछि घरेलु टोली चेल्सी पराजित भएको हो । राती भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई ३-१ ले हरायो ।
लिभरपुलको मैदानमा भएको मर्सीसाईड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सादियो माने, फिलिप कौटिन्हो र डिभोक ओरीगीले एक एक गोल गरे । एभर्टनका लागि म्याथ्यु पेनीङ्टनले एक गोल फर्काए ।
प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा टोटनह्याम हट्सपरले बर्न्लेलाई २-० ले हराँउदा हल सिटीले वेष्ट ह्याम युनाईटेडलाई २-१ ले, लेष्टर सिटीले स्टोक सिटीलाई २-० ले तथा वाट्फोर्डले सण्डरल्याण्डलाई १-० ले हराएका छन् । साउथह्याम्पटन र बर्नमाउथले भने गोलरहित बराबरी खेलेका छन् ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ ।
समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा छ ।

६ देशबीच प्लेअफ प्रतियोगिता गराउन प्रस्ताव

No comments

Mar 31, 2017

चैत १८ । विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि ६ देशबीच प्लेअफ प्रतियोगिता गराउने प्रस्ताव अघि सारेको छ ।

प्ले अफ प्रतियोगिताका उत्कृष्ट दुई राष्ट्रलाई विश्वकपमा स्थान दिईने फिफाको योजना छ ।
फिफाले सार्वजनिक गरेको विज्ञप्तिमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने उल्लेख छ ।
गत जनवरीमा बसेको फिफाको बैठकले सन् २०२६ को विश्वकपदेखि सहभागि राष्ट्रको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने निर्णय गरेको थियो । तर कुन महादेशलाई कति स्थान दिने भन्नेबारे फिफाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।
सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिए पनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुंगो लागेको छैन । यही विषय टुंग्याउन फिफाको बैठक मे ९ तारिखमा बस्दैछ ।
हाल विश्वकप फुटबलमा अफ्रिकाबाट ५, एसियाबाट ४ वा ५, दक्षिण अमेरिकाबाट ४ वा ५, मध्य तथा उत्तर अमेरिका र क्यारेबीयन समूहबाट ३ वा ४, युरोपबाट १३ र ओसीयाना समूहबाट बढीमा एक राष्ट्र सहभागि हुने गरेका छन् ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat