पराजित भएसँगै सन्डरल्याण्ड रेलिगेसनमा

वैशाख १७ । इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो । १० वर्षे प्रिमियर डिभिजनको बसाईमा थुप्रै पटक रेलिगेसनको संघारमा पुगेर पनि जोगिँदै आएको सण्डरल्याण्ड यसपटक भने जोगिन सकेन ।
गएरातिको हारपछि अंक तालिकाको पुछारमा रहेको सण्डरल्याण्ड ४ खेल खेल्न बाँकी छँदै रेलिगेसनमा परेको हो । सण्डरल्याण्डले अब आगामी सिजनमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
गएरातिको खेलमा बर्नमाउथका जोसुवा किङले ८८ औं मिनेटमा निर्णायक गोल गरेपछि सण्डरल्याण्डको रेलिगेशन पक्का भएको थियो ।
प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र बर्नले पनि विजयी भए । लेष्टर सिटीका जेमी भार्डीले निर्णायक गोल गरेपछि वेष्ट ब्रोम १–० ले पराजित भयो ।
यसैगरी बर्नलेले क्रिष्टल प्यालेसलाई २–० ले हरायो ।
गएराति भएका अन्य खेलमा साउथह्याम्पटन र हल सिटी तथा स्टोक सिटी र वेष्ट ह्याम युनाईटेडले गोलरहीत बराबरी खेलेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति उपाधि दावेदारहरुले खेल्नेछन् । तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले सातौं स्थानको एभर्टनसँग खेल्दा दोस्रो स्थानको टोटनह्याम हट्सपरले छैटौं स्थानको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी म्यान्चेस्टर युनाईटेड र स्वान्सी सिटी तथा मिडिल्सब्रो र म्यान्चेस्टर सिटी भिड्नेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.