Responsive Ad Slot

ताजा समाचार

latest

युभेन्टसले मोनाकोलाई हरायो

May 4, 2017

/ by Arena Tv

बैशाख २१ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ ।


बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी भएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुवानले गरे ।
जितसँगै युभेन्टसले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता मोनाको भने ईटालीमा हुने दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।
दोस्रो लेगको खेल अर्को हप्ता ईटालीको टुरिनमा आयोजना हुनेछ ।
च्याम्पियन्स लिग सेमिफाइनलको अर्को खेलमा स्पेनको रियाल मड्रिडले एथ्लेटिको मड्रिडमाथि पहिलो लेगमा ३-० को अग्रता लिएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat