September 2016

असोज ६ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् विहीबार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु फुटबलमा लामो इतिहास बोकेका यी दुई परस्पर प्रतिद्वन्द्वी टोलीहरुले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा दुबै टोलीले प्राप्त अवसरहरु सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बनेका हुन् ।
बराबरी खेलेसँगै ९ खेलबाट १९ अंक जोडेको एनआरटी अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलबाट १७ अंक जोडेको आरसीटी चौंथो स्थानमा छ ।
समान खेलबाट २० अंक जोडेको श्री कुमारी क्लब तालिकाको शीर्ष स्थानमा छ ।
आन्तरिक तथा आर्थिक समस्याका कारण केही समय फुटबलबाट विश्राम लिएका घरेलु फुटबलका पुराना टोलीहरु आरसीटी र एनआरटी पुनः शीर्ष डिभिजनमा उक्लिने प्रयासमा छन् ।

असोज ६ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।
ला लिगा अन्तर्गत बुधबारराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेल्यो ।
४१ औं मिनेटमा इभां राकिटिचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिए पनि दोस्रो हाफको ६१ औं मिनेटमा एथ्लेटिको मड्रिड खेलमा फर्कियो । एथ्लेटिकोका एन्जल कोरेयाले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
यही खेलका क्रममा बार्सिलोनाका अर्जेन्टाईनी स्टार लियोनल मेस्सी घाईते भएका छन् । उनी कम्तीमा पनि तीन साता मैदान बाहिर रहने अनुमान गरिएको छ ।
यो बराबरीपछि बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग दुरी घटाउने अवसर गुमाएको छ । राति भएको खेलमा रियाल मड्रिडले पनि अंक गुमाएको थियो ।
लिगमा लगातार १७ जीतको कीर्तिमान बनाउने अवसर गुमाएको रियाल मड्रिडले भियारीयालसँग १–१ गोलको बराबरी खेलेको हो ।
रातीका खेलहरुपछि ला लिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ । ११ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको बार्सिलोनाको १० अंक भएको छ ।

असोज ६ । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको चौथो चरणमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी भिड्ने भएका छन् ।
तेस्रो चरणका खेलहरुमा बुधबार विजयी हुँदै जोजे मौरीन्होको म्यान्चेस्टर युनाईटेड र पेप ग्वार्डीयोलाको म्यान्चेस्टर सिटीले सनसनीपुर्ण भिडन्त तय गरेका हुन् ।
बुधबार निकालिएको खेल तालिका अनुसार लण्डन क्लव चेल्सीले आफ्नै शहरको प्रतिद्धन्दी वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ । यसैगरी लिभरपुलले टोटनह्याम हट्सपरसँग खेल्दा आर्सनल र रिडिङ भिड्नेछन् ।

असोज ३ । प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा टोटनह्याम हट्सपरले सण्डरल्याण्डलाई १-० ले, क्रिष्टल प्यालेसले स्टोक सिटीलाई ४-१ ले तथा साउथह्याम्पटनले स्वान्सी सिटीलाई १-० ले हराएका छन् ।
आइतबार रातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ५ खेलबाट १५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।
समान खेलबाट १३ अंक जोडेको एभर्टन दोस्रो स्थानमा छ भने ११ अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा उक्लिएको छ ।

7:32 AM
असोज ३ । ब्राजिलमा भइरहेको पारा ओलम्पिक प्रतियोगितामा एक प्रतिश्पर्धीको निधन भएको छ ।
पुरुषतर्फको सी–४/सी–५ साइकल रेसका क्रममा इरानका साइक्लिस्ट बहमान गोल्बरर्नेजहादको निधन भएको हो । अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटिले उनको निधन भएको पुष्टि गरेको हो ।
पारा ओलम्पिक कमिटिका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो । रियोस्थित पारा ओलम्पिक प्रतियोगिता आयोजनास्थलमा इरानको झण्डा आधा झुकाइएको छ ।
इरानी राष्ट्रपति हसन रुहानीले आफ्ना खेलाडीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । (एजेन्सी)

 भदौ २६ । यस वर्षको युएस ओपन टेनिस महिलातर्फको उपाधि जर्मनीकी एन्जेलिक केर्बरले जितेकी छन् ।
अमेरिकाको न्युयोर्कमा भएको प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न फाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई हराउँदै केर्बरले उपाधि जितेकी हुन् ।
प्लिस्कोभा विरुद्धको फाइनल खेल केर्बरले ६–३, ४–६ र ६–४ को सेटमा जितिन् । केर्बरको यो उपाधि करियरको दोस्रो ग्रान्ड स्लाम उपाधि हो ।
यसअघि गत जनवरीमा सम्पन्न सिजनको पहिलो ग्रान्ड स्लाम टेनिस अष्ट्रेलियन अ‍ोपनको उपाधि पनि केर्बरले जितेकी थिइन् ।
युएस ओपनको उपाधिसँगै केर्बर विश्व वरियताको शीर्ष स्थानमा पुग्ने पनि निश्चित भएको छ ।
युएस ओपन टेनिसको पुरुषतर्फको फाइनलमा भोलि बिहान सर्वियाका नोभाक जोकोभिच र स्विट्जरल्याण्डका स्टानिस्लास वावरिङ्का भिड्ने छन् ।

5:24 AM ,
भदौ २६ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ ।
कुल २६ स्वर्ण पदकको साथ चीन शीर्ष स्थानमा रहँदा १५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा छ ।
यसैगरी १२ स्वर्ण पदक जितेको युक्रेन तेस्रो स्थानमा छ भने ८ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ ।
आयोजक ब्राजिल ५ स्वर्ण पदक जित्दै पाँचौ स्थानमा रहेको छ । पारा ओलम्पिक खेलकुदमा हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६३ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

भदौ २१ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले महिला विश्वकप क्रिकट छनोट चरणको खेल तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार नेपालले अक्टोबर ९ तारिखमा आयोजक हङकङ विरुद्ध पहिलो खेल खेल्नेछ ।
हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म हुने छनोट चरणमा नेपाल र हङकङसँगै चीन र थाइल्याण्ड पनि सहभागि छन् ।
नेपालले दोस्रो खेलमा थाईल्याण्डको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेलमा चीनको सामना गर्नेछ । यसपछि यिनै तीन टोलीसँग दोस्रो चरणका खेल हुनेछन् ।
चार टोली सहभागि छनोट प्रतियोगिता दोहोरो राउण्ड रोबिन लिगका आधारमा हुनेछन् ।
समुहमा शीर्ष स्थान हात पार्ने टोलीले महिला विश्वकप क्रिकेटको मुख्य प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।
यही प्रतियोगिताको तयारी स्वरुप नेपालले हालैमात्र ३८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.