नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल सम्पन्न भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९.१५ बजे सुरु भएको खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने छन् । सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।
कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।
यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौँ गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

१५ जेठ, काठमाडौं । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा नेपाल पुलिस क्लबले प्रदेश ७ लाई १७४ रनले पराजित गरेको छ । प्रदेश १ ले प्रदेश २ लाई
१३ जेठ, काठमाडौं । इंग्ल्याण्डसँगको पहिलो टेष्ट क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ । इंग्ल्याण्डविरुद्ध गएको ११ टेष्टमा पाकिस्तानले ८ खेल जितेको छ । घरेलु मैदानमा भएको पहिलो टेष्ट खेलमा
१३ जेठ, काठमाडौं । रसिया विश्वकपअघिको ठूलो भिडन्त स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्बल लिभरपुलबीचको खेलमा फुटबलको पूरा मज्जा समर्थकहरुले पाए । हार्नेको दुःख र जित्नेको सुखमा हुने फरकबाहेक च्याम्पियन्स
Sports News Channel of NEPAL.