Responsive Ad Slot

युनाइटेडको पहिलो प्रिमियर लिगमा

No comments

Aug 31, 2015

भाद्र १४। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पहिलो हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा स्वान्सीले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै म्यानचेष्टर युनाइटेडले अग्रता लियो । ४८ औं मिनेटमा माटाल गोल गरे ।
काउन्टर अट्याकमा स्वान्सीका आन्द्रे अयूले ६१ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै गोमिसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
सुरुवाती तीन खेलमा एक गोल खाएको थियो । तर, स्वान्सीले त्यसलाई तोडेको छ । खेलपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुइस भानगालले खेलको ८५ मिनेट आफ्नो नियन्त्रणमा राखेको तर, ५ मिनेट गुमाउँदा हार व्यहोरेको बताएका छन् ।
लिगमा सुरुवाति दुई खेल जितेको युनाइटेड पछिल्लो खेलमा न्यूक्यासलसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपालले मलेसियालाई ७५ रनमा समेट्यो

No comments
भाद्र १४। एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ७५ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।
बायोमास ओभलमा टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३८ ओभरमा ७५ रन जोड्दा अलआउट भयो ।
उसका लागि पवनदिप सिंहले सर्वाधिक १७ रन बनाए  । नेपालका आरिफ शेखले १० ओभरमा ३ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । दिपेश श्रेष्ठ र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए ।
पहिलो खेलमा यूएईविरुद्ध फराकिलो जित हात पारेको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

भारतलाई हराउँदै नेपालले जित्यो यु-१९ साफ फुटबलको उपाधि

No comments


भद्र १२।  नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।
यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमले एक एक गोल गरेका थिए । ३१ औं मिनेटमा तेज तामाङले गरेको गोलबाट नेपालले लिएको अग्रता खेल सकिन ३ मिनेट मात्र बाँकी हुँदा गुमाएको थियो ।
८७ औं मिनेटमा दिनेश राजबंशीले डी बक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले बराबरी गोल फर्काएका थिए । जितसँगै नेपालले डेढ हप्ता अघि १६ वर्षमुनिको साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला पनि लिएको छ । बंगलादेशमा भएको १६ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित हारेको थियो ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat