Responsive Ad Slot

पुनेले कोलकातालाई ४ विकेटले हरायो

No comments

May 4, 2017

बैशाख २१ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राईजिङ पुने सुपरजाईन्ट्सले कोलकाता नाईट राईडर्सलाई ४ विकेटले हराएको छ ।


बुधबार राति कोलकाताको ईडन गार्डेनमा भएको खेलमा घरेलु टोलीले पहिले ब्याटिङ गर्दै १ सय ५५ रन बनायो । कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए ।
जवाफमा १ सय ५६ रनको चुनौती पुनेले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । पुनेका लागि राहुल त्रिपाठीले सर्वाधिक ९३ रन जोडे ।
यो जितले पुनेलाई आइपीएलको अंक तालिकामा तेस्रो स्थानमा पुर्‍याएको छ । ११ खेलबाट उसको १४ अंक भएको छ ।
समान खेलबाट १४ अंक नै जोडेको कोलकाता रन रेटको आधारमा दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको मुम्बई इन्डियन्स भने १६ अंकको साथ शीर्ष स्थानमा रहँदै प्ले अफ्का लागि छनोट भइसकेको छ ।
आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र गुजरात लायन्स भिड्नेछन् ।

IPLको प्लेअफमा पुग्ने पहिलो टिम बन्यो मुम्बई इन्डियन्स

No comments

May 2, 2017


बैशाख १९ । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।


मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार खेल खेल्न बाँकी छँदै प्लेअफमा ठाउँ पक्का गरेको हो ।
घरेलु मैदानमा १ सय ६३ रनको चुनौती मुम्बईले एक बल खेल्न बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले अविजित ५६ रन जोड्दै मुम्बईलाई जिताएका हुन् ।
यसअघि बैंग्लोरले एबी डे भिलायर्सको ४३ तथा पवन नेगीको ३५ रनको मद्दतले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । यो खेलसँगै मुम्बईको १० खेलबाट १६ अंक भएको छ ।
सोमबार नै भएको दोस्रो खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले गुजरात लायन्सलाई ५ विकेटले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको गुजरातले एक बल खेल्न बाँकी छँदा अलआउट हुनुपुर्व १ सय ६१ रन जोड्यो ।
गुजरातका ब्रेण्डन म्याक्कुलमले ४५ रन तथा ईसान किसनले ३१ रन जोडे । जवाफमा १ सय ६२ रनको लक्ष्य पुनेले खेलमा एक बल खेल्न बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।
पुनेको जितमा बेन स्टोक्सको अविजित १ सय ३ रनको शतकीय पारीको योगदान थियो । आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

लिभरपुलसँग वाट्फोर्ड पराजित

No comments

बैशाख १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १-० ले हराएको छ ।


वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले निर्णायक गोल गरे ।
जितसँगै लिभरपुलले जारी लिगको शीर्ष चारमा पर्ने सम्भावना बलियो पारेको छ । लिगमा ३५ खेलबाट लिभरपुलको ६९ अंक छ ।
एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको टोटनह्यामको ७७ अंक छ ।
लिभरपुलभन्दा तल रहेका म्यान्चेस्टर सिटीको ६६ अंक तथा म्यानचेस्टर युनाईटेडको ६५ अंक रहेको छ ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat