Responsive Ad Slot

झापा–११ माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा

No comments

Apr 3, 2017

चैत २० ।झापा–११ इलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


आइतबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई ‘टाइब्रेकर’मा ५–३ ले हराउँदै झापा–११ ले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित् ९० मिनेट र थपिएको १५ मिनेटमा पनि गोल नभएपछि टाइब्रेकरमा खेलको निर्णय भएको हो ।
खेलको ‘म्यान अफ द म्याच’ झापाका गोलरक्षक किशोर गिरी घोषित भए ।
प्रतियोगिताअन्तर्गत् सोमबार मनाङ–मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्नेछन् ।

चेल्सी पराजित

No comments

Apr 2, 2017

चैत २० । इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको चेल्सी पराजित भएको छ ।शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २-१ ले हराएको हो । खेलमा चेल्सीका सेस्क फाब्रिगासले पहिलो गोल गरे ।

तर प्यालेसका बेन्टेके र जाहाले एक एक गोल गरेपछि घरेलु टोली चेल्सी पराजित भएको हो । राती भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई ३-१ ले हरायो ।
लिभरपुलको मैदानमा भएको मर्सीसाईड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सादियो माने, फिलिप कौटिन्हो र डिभोक ओरीगीले एक एक गोल गरे । एभर्टनका लागि म्याथ्यु पेनीङ्टनले एक गोल फर्काए ।
प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा टोटनह्याम हट्सपरले बर्न्लेलाई २-० ले हराँउदा हल सिटीले वेष्ट ह्याम युनाईटेडलाई २-१ ले, लेष्टर सिटीले स्टोक सिटीलाई २-० ले तथा वाट्फोर्डले सण्डरल्याण्डलाई १-० ले हराएका छन् । साउथह्याम्पटन र बर्नमाउथले भने गोलरहित बराबरी खेलेका छन् ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ ।
समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा छ ।

६ देशबीच प्लेअफ प्रतियोगिता गराउन प्रस्ताव

No comments

Mar 31, 2017

चैत १८ । विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि ६ देशबीच प्लेअफ प्रतियोगिता गराउने प्रस्ताव अघि सारेको छ ।

प्ले अफ प्रतियोगिताका उत्कृष्ट दुई राष्ट्रलाई विश्वकपमा स्थान दिईने फिफाको योजना छ ।
फिफाले सार्वजनिक गरेको विज्ञप्तिमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने उल्लेख छ ।
गत जनवरीमा बसेको फिफाको बैठकले सन् २०२६ को विश्वकपदेखि सहभागि राष्ट्रको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने निर्णय गरेको थियो । तर कुन महादेशलाई कति स्थान दिने भन्नेबारे फिफाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।
सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिए पनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुंगो लागेको छैन । यही विषय टुंग्याउन फिफाको बैठक मे ९ तारिखमा बस्दैछ ।
हाल विश्वकप फुटबलमा अफ्रिकाबाट ५, एसियाबाट ४ वा ५, दक्षिण अमेरिकाबाट ४ वा ५, मध्य तथा उत्तर अमेरिका र क्यारेबीयन समूहबाट ३ वा ४, युरोपबाट १३ र ओसीयाना समूहबाट बढीमा एक राष्ट्र सहभागि हुने गरेका छन् ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat