फागुन २५ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आजबाट मोफसलकै सर्वाधिक पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदैछ । 'विकास, अनुशासन स्वास्थ्य र सामाजिक सद्भावका लागी खेलकुद' भन्ने नाराका साथ नेपाल विद्यार्थी संघ इन्द्रेश्वरी इकाईको आयोजनामा हुन लागेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्लाका विभिन्न क्लब, संघसंस्था र विद्यालयका गरी अहिले सम्म 21 वटा टिम दर्ता भएको कार्यक्रम संयोजक कपिल बाँनियाले जानकारी दिनुभयो।
आज सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले 35 हजार, द्वितीय हुनेले 25 हजार तथा तीतृय हुनेले 15 हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र पाउने छन । यस्तै सान्त्वना हुनेले 5 हजार नगद पाउने आयोजकले जनाएको छ। तेस्रो पर्वतीय खेलकुद महोत्सवका सन्दर्भमा सञ्चालित सो र्यालीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने आशा नासाले राखेको छ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.