Responsive Ad Slot

ताजा समाचार

latest

अफगानिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

May 31, 2015

/ by kpcat
ताजिकिस्तानमा जारी एफसी यु–१४ क्षेत्रीय च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारा सहित विनाशकारी भुकम्पमा परी ज्यान गुमाएका प्रति समर्पित नेपाली युथले समुह चरणको दोस्रो तथा अन्तिम खेलमा अफगानिस्तानलाई २–० को जित निकालेको हो । समुह चरणको अन्तिम खेलमा दशहान्वे शहरको इष्टिकोल स्टेडियममा सोमबार राति भएको खेलमा नेपाललाई विजयी गराउन रेजिन सुब्बाले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलपनि नेपालले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । खेलको ४७ औं मिनेटमा पहिलो गोल गरेका रेजिन सुब्बाले ५४ औं मिनेटमा अर्काे गोल गर्दै नेपाललई २–० को अग्रताम दिलाए । समुह ‘बी’ को विजेता बनेको नेपालले अब समुह ‘ए’ को उपविजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अफागानिस्तानविरुद्व पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । एसियाको फुटबल तल्लो तहबाटै विकास गर्ने उद्देश्यले एएफसीले प्रत्येक वर्ष फेस्टिभलको आयोजना गर्ने गर्दछ । नेपालले फेष्टिबलका लागि एक महिना अघिबाट तयारी थालेपनि वैशाख १२ को विनाशकारी भुकम्पले प्रशिक्षण प्रभावित बनेको थियो । भुकम्पपछि पनि एन्फाले क्याम्प खडा गरी खेलाडीको मनोवैज्ञानिक असर कम गराई फेस्टिभलका लागि तयार बनाएको थियो । एफसी यु–१४ क्षेत्रीय फुटबल फेस्टिभलमा दक्षिण एसिया र मध्ये क्षेत्रका सात टोलीले सहभागिता जनाएको थियो । प्रतियोगिताका सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा आयोजक ताजिकिस्तानसहित भारत, श्रीलङ्का र इरान छन् । समुह ‘बी’ मा नेपालसहित अफगानिस्तान र पाकिस्तान छन् । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat