युनाइटेडमा रोनाल्डो फर्कने सम्भावना छैन

म्यानचेष्टर युनाइटेड का प्रशिक्षक लुइस भान हालले क्लबका लागि अझै आक्रामक स्टार फुटबलर चाहिएको बतएका छन् । तर, उनले क्रिष्टियानो रोनाल्डो वल्र्ड ट्रफड फर्कने सम्भावना अस्वीकार गरेका छन् ।
पोर्चुगलका रोनाल्डोले युनाइटेडमा ६ वर्ष बिताए । तर, २००९ मा कीर्तिमानी ८० मिलियन पाउण्डमा रियल मड्रिड गए । बेला बेला उनले युनाइटेड फर्कने चाहेको चर्चा पनि नभएको होइन ।
प्रशिक्षक भान हालले भने–‘बार्सिलोनासँग लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज छ । हामीले पनि त्यस्तै खेलाडी खोजेका छौं ।’
म्यानचेष्टर युनाइटेडका समर्थकहरु रोनाल्डो क्बलमा फर्किएको हर्न चाहन्छन् । तर, डचम्यानले भने–त्यो सम्भव छैन ।’
म्यानचेष्टर युनाइटेडले एन्जल डि मारियालाई पेरिस सेन्ट जर्मेनलाई बेच्दैछ भने बार्सिलोनाका पेड्रोलाई भित्र्याउने प्रयास गरेको छ । गोलकिपर डेभिड डि जिया रियल मड्रिड जाने तयारीमा रहेकाले अर्जेन्टिनाका सर्जिओ रोमेरोलाई भित्र्याएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.