राष्ट्रिय लिगमा पुलिसले मनाङलाई रोक्यो

भाद्र २८।  राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिसले बलियो टोली मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोकेको छ ।
विनाशकारी भूकम्पपछि रोकिएको राष्ट्रिय लिग सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको थियो ।
खेलमा पुलिस र मनाङले गोलरहित बराबरी खेलेको हो । यससँगै मनाङ दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । 
पुलिस आफ्ना मूख्य खेलाडी विना नै मैदान उत्रिएको थियो । उसका जुमानु राई, रविन श्रेष्ठ, भोला सिलवाल, रितेश थापा, रोहित श्रेष्ठसहितका खेलाडी घाइते छन् ।
पुलिस मनाङलाई रोक्न सफल भएको छ । पुलिसका सुरज विक म्यान अफ दि म्याच घोषित भएका छन् ।
मनाङ १२ अंकका साथ तेस्रो स्थानमा छ । सात अंक जोडेको पुलिस छैटौं स्थानमा छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.