यू-१९ साफ च्याम्पियन खेलाडी नगदसहित सम्मानित

आश्विन १।  सरकारले यू-१९ साफ च्याम्पियनसिप फुटबलकाे विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले बिहीबार च्याम्पिनय टोलीका २३ खेलाडीसहित २८ सदस्यलाई जनही १ लाख प्रदान गरेको हो ।
सम्मानित हुने खेलाडीमा कप्तान विमल घर्ती मगर, सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बू, अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकी छन् । यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुशन लामा, सुनील बल, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी तथा जानोममान लिगल सम्मानित भएका छन् ।
प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनील श्रेष्ठ, गोलकिपङ प्रशिक्षक मृगेन्द्र मिश्र, फिजियो राजु दाहाल तथा टिम व्यवस्थापक दिवाकर घले पनि सम्मानित भएका छन् ।
हालै काठमाडौंमा भएको पहिलो पहिलो यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानलाई हराएपछि सरकारले उपाधि जिते नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
फाइनलमा भारतलाई पराजित गर्दै नेपाल च्याम्पिनय बनेपछि सरकारले पूर्व घोषणा अनुसार टीमका प्रत्येक सदस्यलार्इ नगद १ लाख प्रदान गरेको हो । 
कार्यक्रममा खेलकुदमन्त्री पुरुषोतम पौडेलले फुटबलको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताए । ठूला देशलाई हराउने ताकत खेलकुदमा मात्र भएको बताउदै फुटबल मात्र नभइ पदक जित्ने सबै खेलका खेलाडीलाई सम्मान गरिने बताए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.