आश्विन २६। २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्वकपमा नेपालले दुई कांस्य पदक जितेको छ ।
सर्वियाको सुवोटिकामा सम्पन्न प्रतियोगितामा नेपालका विन्दान थापा मगर र रुपेश कुँवरले कांस्य पदक जितेका हुन् ।
आठौं कोहाई (जुनियर) विश्व कपको १४-१५ वर्षको ब्वाईज क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान थापा मगरले वुल्गेरिया र रोमानियाका खेलाडीहरुलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए । उनी सेमिफाइनलमा सर्वियाका खेलाडीसँग अंकको आधारमा पराजित हुँदै कास्यमा चित्त बुझाउन बाध्य भए ।
१२-१३ वर्ष उमेरको मिनि क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी तौलसमूहको व्यक्तिगत कुमुतेमा रुपेश कुँवर पनि सर्वियाका खेलाडीसंग पराजित हुँदै काँस्य पदक प्राप्त गर्न सफल भए ।
उनले पनि रोमानिया र बुल्गेरियाका खेलाडीलाई पराजित गर्दै सेमिमा स्थान बनाएको प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले सर्वियाबाट जानकारी गराए ।
Post a Comment
Thanks.