९० दिनका लागि फिफा अध्यक्ष ब्लाटर निलम्बित

आश्विन २१।  विश्व फुटबलको नियमक निकाय फिफाको अध्यक्ष सेप ब्लाटर अस्थायी रुपमा ९० दिनका लागि निलम्बनमा परेका छन् ।
स्विट्जरल्याण्डका जाँचकर्ताहरुले ७९ वर्षीय ब्लाटरविरुद्ध आपराधिक जाँच सुरु गरेका थिए । लगतै फिफाको अनुशासन समितिले ब्लाटरलाई ९० दिनका लागि निलम्बन गरेको बीबीसीले जनाएको छ ।
यद्यपि औपचारिक निर्णय शुक्रबार मात्र हुने बताइएको छ । ब्लाटरका सल्लाहकार क्लास स्टाकरका अनुसार निलम्बनबारे जानकारी गराउँदा उनी शान्त थिए ।
युरोपियन फुटबल (यूएईएफ)का अध्यक्ष मिचेल प्लाटिनीले ब्लाटरमाथि फिफको हितलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
स्विट्जरल्याण्डका ब्लाटर सन् १९९८ देखि फिफाको अध्यक्ष छन् । र, उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.