‘म्याच फिक्सिङ’को आरोपमा सागर थापासहित पाँच खेलाडी पक्राउ

आश्विन २८।  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा मिलेमतो गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी पक्राउ परेका छन् ।

‘म्याच फिक्सिङ’ गरेको आरोपमा सागरसँगै रितेश थापा, सन्दीप राई तथा पूर्वखेलाडीहरु विकास सिंह क्षेत्री र अन्जन केसीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुखएसएसपी सर्वेन्द्र खनालले हामीलाई जानकारी दिए । मिलेमतो गरेको आरोपमा उनीहरुलाई बुधबार पक्राउ गरी अपराध महाशाखामै राखी थप अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले एक महिना बढी समयदेखि खेलाडीहरुमाथि निगरानी थालेको थियो । चार वर्षअघि विश्वकप छनोटदेखि खेलाडीहरुले मिलेमतो गरेको शंका प्रहरीको छ । सागर र सन्दीप थ्रीस्टार क्लबका खेलाडी हुन् भने रितेश नेपाल प्रहरीका तथा अन्जन र विकास पूर्वराष्ट्रिय टिमका खेलाडी हुन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.