१५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा प्रवेश श्रेष्ठ र अनिलकुमार थापा च्याम्पियन बनेका छन् ।
सातौं राष्ट्रिय खेलकुद- २०७२ अन्तर्गत भएको शारीरिक सुगठन प्रतियोगितामा भक्तपुरका प्रवेश ८० केजी तौलसमूहमा पहिलो भए । सुनसरीका पारस भुजेल दोश्रो भए भने काठमाडौंका नरेश मालाकारले तेश्रो स्थानमा चित्त बुझाए ।
चितवनका अनिलले ८० केजीमाथि शीर्ष स्थान हासिल गरे । नुवाकोटका तिलक तामाङ दोश्रो र झापाका तुल श्रेष्ठ तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ५५ केजीमा काठमाडौंका रवि महर्जन पहिलो, कास्कीका सुरेश गुरुङ दोश्रो र काभ्रेका उमेश बलामी तेश्रो भए ।
६० केजीमा ललितपुरका रुजेश शाहीले स्वर्ण, कपिलवस्तुका सन्जिवकुमार श्रेष्ठले रजत तथा मोरङका रमेश कार्कीले कांस्य पदक हात पारे । ६५ केजीमा झापाका रामबहादुर दाहाल पहिलो, काठमाडौंका अनिललाल श्रेष्ठ दोश्रो तथा त्रिभूवन आर्मी क्लबका दीपकध्वज शाही तेश्रो भए ।
सातौं राष्ट्रिय खेलकुदको पहिलो राष्ट्रिय प्रतियोगिताको ७० केजीमा काभ्रेका रामहरि खनाल पहिलो, भक्तपुरका उज्ज्वलरत्न वज्राचार्य दोश्रो तथा रुपन्देहीका चन्द्रमान श्रेष्ठ तेश्रो भए । ७५ केजीमा काठमाडौंका महेश्वर महर्जन पहिलो, चितवनका नवीनकुमार गुरुङ दोश्रो र दोलखाका सुवर्ण खड्का तेश्रो भए ।
प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका गरी जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन शुक्रबार भएको पि्रजजिङ राउन्डको प्रत्येक तौलसमूहबाट ५-५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए ।
अन्तिम दिन शनिबार तिनै खेलाडीबीच उपाधिका लागि भिडन्त भएको हो । प्रत्येक तौल समूहको उपाधि विजेता मिस्टर नेपाल समेत बनेका छन् ।
Post a Comment
Thanks.