पेरिस आक्रमणपछि विश्व खेलजगत स्तब्ध

कार्तिक ३०।  फ्रान्सको पेरिसमा भएको श्रृंखलाबद्ध आतंकवादी आक्रमणपछि विश्व खेल जगत स्तब्ध बनेको छ ।
विश्वभर जारी विभिन्न खेलकुद प्रतियोगिता सुरु हुनुपुर्व फ्रेन्च हमलाको निन्दा गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना भइरहेको छ ।
फ्रान्समाएक हप्ताको लागि सबै खेल प्रतियोगिता रद्द गरिएको छ । तर यही मंगलवार इंग्लण्डको वेम्बलेमा हुने फ्रान्स र इंग्लण्डविचको मैत्रिपुर्ण फुटबल खेल भने जारी रहने छ ।
शुक्रवार राती फ्रान्सको पेरीसस्थित स्टेट डे फ्रान्स रंगशालामा फ्रान्स र जर्मनीबीचको मैत्रिपुर्ण फुटबल खेल सकिएलगत्तै रंगशाला बाहिर आतंकवादी आक्रमण भएको थियो ।
इङ्गल्याण्डमा शनिबार राती खेलिएको डेभिड बेकह्यामको च्यारीटी म्याच पुर्व विश्वभरका खेलाडीहरुले एक मिनेट मौनधारण गरेका थिए ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.