आफ्ना खेलाडी छानविन गर्न पाउनुपर्ने :- रुसी राष्ट्रपति

कार्तिक २६ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रुसलाई सबै खाले एथ्लेटिक्स प्रतियोगितामा प्रतिबन्ध लगाउन सुझाव दिएपछि यसको उचित छानबिन गर्न माग गरेका छन् ।
राष्ट्रपति पुटिनले बिश्व एन्टी डोपिङ एजेन्सी वाडालाई व्यवसायिक रुपमा कामकारबाही अघि बढाउन सुझाव दिँदै उचित छानबिनकोमाग पनि गरेका हुन ।
आफ्नो देशका खेलाडीमाथि छानबिन गर्न पाउनुपर्ने भन्दै पुटिनले वाडाको निर्णय सच्याउन माग गरेका छन् ।
रुसी खेलाडीमा डोपिङको डरलाग्दो अवस्था रहेको र रुस सरकारले समेत यसलाई ढाकछोप गर्न खोजेको निष्कर्ष निकाल्दै समितिले रुसलाई एथ्लेटिक्सबाटै प्रतिबन्ध लगाउन सुझाव दिएको थियो ।
विश्व एन्टी डोपिङ एजेन्सी वाडाले दुई दिन अघी सार्वजनिक गरेको प्रतिवेदन अनुसार रुसमा डोपिङलाई सरकारले नै समर्थन गर्दै आएको छ ।
सन् २०१२ मा भएको लण्डन ओलम्पिकमा अधिकांश एथ्लेटिक्स खेलाडीले प्रतिबन्धित शक्तिवद्र्धक औषधी सेवन गरेको निष्कर्ष निकाल्दै छानविन समितिले ती खेलाडीको नमुना परीक्षणलाई प्रभावित पारिएको समेत बताएको छ ।
प्रतिवेदन अनुसार एथ्लेटिक्सका ५ खेलाडी र ५ प्रशिक्षकलाई आजिवन प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ । तर ती खेलाडी र प्रशिक्षकको नाम भने गोप्य राखिएको छ । आगामी ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाई थप छानविन गर्न प्रतिवेदनले सुझाव दिएको छ ।
छानविन समितिको प्रतिवेदनले डोपिङका कतिपय घटनामा विश्व एथ्लेटिक्स महासंघ आई.ए.ए.एफ.लाई समेत दोषी देखाइएको छ ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.