हिलेपानी र फूलबारी फाइनलमा

कार्तिक १७ ।  व्याकुल माइला गोल्डकपको उपाधिका लागि फाइनलमा मंगलबार हिलेपानी युवा क्लब ओखलढुंगा र फूलबारी युवा क्लब जाक्मा भिड्ने भएका छन् ।
प्रतियोगिताको पाँचौं संस्करण यही कात्तिक ९ गते राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको थाक्ले–८ सोक्मटारमा सुरु भएको थियो ।
justify;">सोमबार भएका सेमिफाइनल खेल जित्दै उक्त दुई टोली उपाधिका लागि फाइनल भिडन्तमा पुगेका हुन् । हिलेपानीले त्रिवेणी युवा समूह सिन्धुलीलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । फूलबारीले सप्तरंगी युवा समूहलाई १–० गोलअन्तरले पाखा लगाएको थियो ।
सप्तरंगी अनुशासनको कारबाहीमा समेत परेको छ । उक्त टोलीलाई एक वर्ष प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ । यससँगै त्रिवेणीले स्वतः तेस्रो स्थानमा कब्जा जमाएको छ ।
‘राष्ट्रिय एकता, अखण्डता र स्वाधीनताको मूल्यमा अधिकारको खोजी नगरौं, जातीय, क्षेत्रीय र सामाजिक सद्भाव कायम गरी राष्ट्र निर्माण गरौं !’ भन्ने मूल नारा एवम् खेलकुदको माध्यमबाट विकासको अभियान भन्ने आदर्शका साथ सञ्चालित प्रतियोगितामा ओखलढुंगा, खोटाङ, सिन्धुली र उदयपुर जिल्लाका गरी १७ टिम सहभागी थिए ।
प्रतियोगिताको चौथौं संस्करणको उपाधि सुनकोसी युवा समूहले जितेको थियो । यसपटक उक्त टोलीले पहिलो चरणमै हार बेहोर्नुपरेको थियो ।
उपाधि विजेताले चाँदीको कपसहित नगद ५० हजार, दोस्रोले ३० हजारका साथ चाँदीकै कप र तेस्रोले २० हजारका साथ चाँदीको कप प्रदान गरिने व्याकुल माइला गोल्डकप मूल समारोह समितिले जनाएको छ । मर्यादित तथा अनुशासित टिमलाई नगद १० हजार राशिको दिल–कर्ण बेस्ट टिम अवार्डको व्यवस्था छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.