स्वीट्जरल्यान्डलाई अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि

मंगसिर १२।  नवलपरासीमा जारी ३४ औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ ।
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा शुक्रबार भएको अन्तिम खेलमा नेपालको टाइगर टप्स टस्कर्सलाई ८–५ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डको इएफजीले ट्रफी आफ्नो कब्जामा पारेको हो ।
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा सात टोलीलाई पछि पार्दै इएफजीलले उपाधि जितेको हो ।
प्रतियोगितामा स्वीट्जरल्यान्ड, श्रीलङ्का, नेपाल, अमेरिका बेलायत, अस्ट्रेलियालगायतका आठ देशका खेलाडी सहभागी छन् । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् । रासस
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.