साफ च्याम्पियनसिपमा भारतले श्रीलंकालाई हरायो

पुष ११।  साफ च्याम्पियनसिप फुटबलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा आयोजक भारतले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
यससँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कमजोर भएको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपालले समूह चरणको अन्तिम खेलमा अब भारतसँग खेल्नुपर्छ ।
अघिल्लो चरण प्रवेशका लागि उसले अब भारतलाई ठूलो अन्तरले पराजित गर्नुपर्छ, जुन त्यति सजिलो छैन ।
केरलामा भएको खेलमा भारतले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका रोविन सिंहले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.