नेपाल टिम कुङफुमा च्याम्पियन

मंगसिर २२।  भारतको नयाँ दिल्लीमा भएको आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।
नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।
भारत दोश्रो भयो । डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्ण जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् ।
श्रृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजत जितिन् । त्यस्तै सान्डामा मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं, चिराग पौडेल तथा रविन्द्र मगरले नेपाललाई १-१ स्वर्ण दिलाए ।
सान्डा स्पर्धामै युक्ता युवा, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं र सागर तामाङले १-१ रजत तथा यज्ञराज घलले कांस्य हात पारे ।
च्याम्पियनसिपमा नेपाल उमा कुङफु संघका खेलाडी सहभागी भएका थिए ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.