माहारेजको ह्याट्रिकसँगै लेष्टर सिटी शिर्ष स्थानमा

मंसिर २० । लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा स्वान्सी सिटीलाई ३-० ले हराउँदै लेष्टर सिटी तालिकाको शिर्ष स्थानमा उक्लिएको हो । खेलमा लेष्टरलाई विजयी गराउन रियाद माहारेजले ह्याट्रिक गरे । 
प्रिमियर लिगको अर्को खेलमा सण्डरल्याण्डलाई ३-१ ले हराउँदैआर्सनल तालिकाको दोस्रो स्थानका उक्लिएको छ ।
उता म्यान्चेस्टर सिटी र चेल्सी भने शनिबार रातिका खेलहरुमा पराजित भएका छन् । म्यान्चेस्टर सिटीलाई स्टोक सिटीले २-० ले हराँउदा चेल्सीलाई बर्नमाउथले १-० ले पराजित गर्‍यो । 
यसैगरी म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडसँग गोलरहित बराबरी खेल्दा वेष्ट ब्रोम र टोटनह्याम हट्सपरले १-१ गोलको बराबरीमा चित्त बुझाए । गएराती वाट्फोर्डले नर्वीच सिटीलाई २-० ले हरायो ।
गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १५ खेलबाट ३२ अंक जोडेको लेष्टर सिटी शिर्ष स्थानमा छ ।
समान खेलबाट ३० अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटीको २९ अंक छ । समान २९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड चौथो स्थानमा रहँदा पाँचौ स्थानको टोटनह्यामको २६ अंक भएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.