सम्मानित भए पारा तेक्वान्दो पदक विजेता

मंगसिर २४।  नेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ ।
ताइवानमा अपि्रलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका कांस्य विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स -आईवास) का कांस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव केशवकुमार विष्टले उनीहरुलाई सम्मान पत्र, नगद १०-१० हजार र तेक्वान्दो पोशाक प्रदान गरी सम्मान गरे ।
टर्कीमा सेप्टेम्बरमा भएको छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दोमा सहभागी खेलाडी सीता भण्डारी, अनिता थापा र चिन्ताबहादुर कुँवर, टिम प्रशिक्षक कल्याण कुँवर र व्यवस्थापक रवि थापा पनि सम्मानित भए ।
सम्मानपछि सदस्य-सचिव विष्टले तेक्वान्दोको विगतको शाखलाई जोगाउन दुई तेक्वान्दो एक हुनु पर्नेमा जोड दिए त्यसै अवसरमा सीता, हीरामणि, रञ्जना, अनित र चिन्तालाई कुकिवानबाट प्राप्त पहिलो डानको प्रमाण पत्र प्रदान गरिएको थियो ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.