फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको फाइनलमा

माघ १। डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ब्वाइज युनाइटेड काठमाडौंलाई १–० ले पराजित गर्दै फिदिमले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।

फिदिमलाई जिताउन खेलको ५५औं मिनेटमाधिरज तामाङले गरेको गोल नै निर्णायक बन्यो । योसँगै फिदिमले फाइनलमा केएसएस ताप्लेजुङसँग उपाधि भिडन्त पक्का गरेको छ ।
प्रतियोगिताको फाइनल माघ ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.