आहा रारा गोल्डकप फुटवलको तयारी पूरा

माघ ४। पोखरामा मंगलबारदेखि शुरु हुने १४ औं आहा रारा गोल्डकप फुटवलको तयारी पूरा भएको आयोजकले जनाएका छन् । आयोजक सहारा क्लवले आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
गोल्डकपका विजेताले पाँच लाख एक हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले दुई लाख ५१ हजार रुपैयाँप्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई एउटा हिरो स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक सहारा क्लव र तीन विदेशी टोलीसहित १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए ।
प्रतियोगितामा विभागीय टिमहरु नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब सहभागी हुनेछन् । यस्तै थ्रिस्टार, मनाङ मर्स्याङदी, जावलाखेल युथ, झापा ११, नवजनजागृति युवा क्लब सिमरा र आयोजक सहारा क्लब पनि सहभागी हुनेछन् । यस्तै ईण्डियन आर्मी गोर्खा ब्रिगेड, युनाईटेड सिक्किम एफसी र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश पनि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न ७९ लाख ६२ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेका छन् भने ९९ लाख ९२ हजार आम्दानीको अपेक्षा गरिएको छ ।
प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ । आहा रारा गोल्डकप हेर्न जाने एकजना दर्शकले एक तोला सुन प्राप्त गर्नेछन् । प्रतियोगिता अबधि भर काटिएको टिकट मध्ये गोला प्रथाबाट एकजना भाग्यमानी दर्शक छनौट गर्ने जनाइएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.