नेपाल शानदार जितसँगै फाइनलमा

माघ ६  । नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो ।

नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धुगोल्डकपको जारी श्रृंखलाको पहिलो ह्याट्रिक हो ।

नवयुगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै, नेपालको तर्फबाट ५२औं मिनेटमा विशाल राईले गोल गरेका थिए ।

७६औं मिनेटमा भने नेपालले गोल खायो । माल्दिभ्सका नासिद अहमदले एक गोल फर्काएका हुन् ।

नेपाली गोलकिपर विकेश कुथुले तीन सय ४५ मिनेटको खेलपछि गोल खाएका हुन् ।

नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो ।

नेपालले उपधिका लागि फाइनलमा शुक्रबार बहराइनको टिमसँग खेल्नेछ ।

सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै बहराइन फाइनलमा पुगेको हो । दुबै टिम बंगबन्धु गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेका हुन् । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.