एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी फाईनलमा

माघ १४ । एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी क्यापिटल वान कप अर्थात इङ्गलिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पहिलो लेगको खेलमा एभर्टनसँग २-१ ले पराजित सिटीले बुधबार राती आफ्नै मैदानमा भएको दोस्रो लेगको खेल ३-१ ले जित्दै समग्रमा ४-३ को नतिजाको साथ फाईनलमा ठाँउ बनाएको हो ।
सिटीले अब फाईनलमा लिभरपुलको सामना गर्नेछ । यसअघि बुधबार भएको पहिलो सेमीफाईनल खेलमा स्टोक सिटीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै लिभरपुल फाईनलमा पुगेको थियो ।
लिभरपुल र म्यान्चेस्टर सिटीविचको लिग कप फुटबलको फाईनल खेल आगामी फेब्रुअरी २८ तारीखमा चर्चीत वेम्बले रंगशालामा हुनेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.