माघ १। जथाभावी शुल्क लिने तथा हो–हल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौंमा खुलेका फुटसल कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसलमा जुवा बढेको, लागुऔषध प्रयोगस्थल बनेको तथा स्कुल–कलेजका विद्यार्थी पढाइ छाडेर त्यतातिरलागेको भन्दै उजुरी आउन थालेपछि प्रहरीले कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले विभिन्न गुनासाका उजुरी आउन थालेपछि फुटसल कोर्ट अनिश्चितकालका लागि बन्द गरिएको बताए ।
काठमाडौं उपत्यकामा ७० भन्दा बढी फुटसल कोर्ट सन्चालनमा रहेको बताइएको छ । रासस

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.