फुटसल अनिश्चितकालका लागि बन्द

माघ १। जथाभावी शुल्क लिने तथा हो–हल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौंमा खुलेका फुटसल कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसलमा जुवा बढेको, लागुऔषध प्रयोगस्थल बनेको तथा स्कुल–कलेजका विद्यार्थी पढाइ छाडेर त्यतातिरलागेको भन्दै उजुरी आउन थालेपछि प्रहरीले कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले विभिन्न गुनासाका उजुरी आउन थालेपछि फुटसल कोर्ट अनिश्चितकालका लागि बन्द गरिएको बताए ।

काठमाडौं उपत्यकामा ७० भन्दा बढी फुटसल कोर्ट सन्चालनमा रहेको बताइएको छ । रासस

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.