एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु

पुष  २६ । इङ्गल्याण्डको प्रतिष्ठित एफ.ए कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल, म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।
लण्डन क्लव आर्सनलले सण्डरल्याण्डलाई ३-१ ले हराँउदा म्यान्चेस्टर युनाईटेडले शेफील्ड युनाईटेडमाथि १-० को संघर्षपुर्ण जित निकाल्यो। यसैगरी म्यान्चेस्टर सिटीले नर्वीच सिटीलाई ३-० ले हराँउदा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्‍यो ।
एफए कप फुटबल अन्तर्गतका अन्य खेलहरुमा प्रिमियर क्लवहरु स्टोक सिटी, एभर्टन र वेष्ट ह्याम युनाइटेड विजयी भए । वाट्फोर्डले न्युकासल युनाईटेडलाई १-० ले पराजित गर्‍यो । अर्को प्रिमियर क्लव बर्नमाउथले बर्मीङ्घम सिटीलाई १-० ले पाखा लगायो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.