Responsive Ad Slot

ताजा समाचार

latest

एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु

Jan 10, 2016

/ by Unknown
पुष  २६ । इङ्गल्याण्डको प्रतिष्ठित एफ.ए कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल, म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।
लण्डन क्लव आर्सनलले सण्डरल्याण्डलाई ३-१ ले हराँउदा म्यान्चेस्टर युनाईटेडले शेफील्ड युनाईटेडमाथि १-० को संघर्षपुर्ण जित निकाल्यो। यसैगरी म्यान्चेस्टर सिटीले नर्वीच सिटीलाई ३-० ले हराँउदा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्‍यो ।
एफए कप फुटबल अन्तर्गतका अन्य खेलहरुमा प्रिमियर क्लवहरु स्टोक सिटी, एभर्टन र वेष्ट ह्याम युनाइटेड विजयी भए । वाट्फोर्डले न्युकासल युनाईटेडलाई १-० ले पराजित गर्‍यो । अर्को प्रिमियर क्लव बर्नमाउथले बर्मीङ्घम सिटीलाई १-० ले पाखा लगायो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat