Ads Below Title

Ads Inside Post

Ads End Post

Jan 2, 2016

७ लाख तलब खाने फुटबल प्रशिक्षकले नेपाललाई ‘धोका’ दिँदै

पुस १८ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक असेम्सले नेपाल छाड्ने संकेत गरेका छन् ।

श्रीमती बिरामी भएको भन्दै घर फर्किएका बेल्जियन प्रशिक्षक असेम्सले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत् नेपाल छाड्ने संकेत गरेका हुन् ।

भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएपछि नेपाल आएको एक घन्टामैघर फर्केका असेम्सले नेपाली फुटबल विकासका लागि आफूले योजना सुनाएको भएपनि त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै चासो नदेखाएको भन्दै अब सम्झौता नवीकरण नगर्ने बताएका छन् ।

एन्फासँग व्यवसायिकतामा कमी र भविष्यको कुनै योजना नै नभएको भन्दै उनले असन्तुष्टिसमेत पोखेका छन् ।

यसैबीच, एन्फा महासचिव धीरेन्द्र प्रधानले असेम्सको भनाइबारे कुनै जानकारी नभएको बताएका छन् ।

प्रतिमहिना ७ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी तीन महिनाअघि नियुक्त भएका असेम्सको सम्झौता सकिन अझै तीन महिना बाँकी छ । उनले ६ महिनाकै तलब लगिसकेको एन्फाले जनाएको छ ।

एन्फा स्रोतका अनुसार एक महिनाअघि दुबई गएर उनले कुनै अर्को टिमसँग सम्झौता गरिसकेका छन् ।

असेम्सकै प्रशिक्षणमा नेपालले आउँदो शुक्रबारदेखि बंगलादेशमा बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता खेल्दैछ ।

No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS