Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल दक्षिण एशिया कै पुछारमा

Jan 8, 2016

/ by Unknown
पुस २४ । पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको नेपाली फुटबल खेल विश्व वरियतामा झनै खस्किएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल दक्षिण एशियाको पुछार अर्थात् १९६ औं स्थानमा रहेको छ ।
यसअघि नेपाल १९२ औं स्थानमा थियो भने श्रीलंका दक्षिण एशियाली राष्ट्रमध्ये सबैभन्दा तल१९४ औं स्थानमा थियो । नेपालले पछिल्लो १२ अन्तर्राष्ट्रिय खेलमा जित हात पार्न सकेको छैन भने यी खेलमा जम्मा १ गोल मात्रै गरेको छ ।
फिफा वरियतामा हाल २०९ राष्ट्र सूचीकृत रहेको अवस्थामा नेपालभन्दा तल अब १३ राष्ट्र मात्रै छन् ।
उता बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सको नेपाल आउने टुंगो नलागेपछि आसन्न दक्षिण एशियाली खेलकुदका लागि फुटबल टोली तयारीको जिम्मा राजुकाजी शाक्यलाई दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले बेल्जियन प्रशिक्षक ओजेम्स समयमै नेपाल फर्कन नसकेको अवस्थामा सागको तयारी फितलो नहोस् भनेर पूर्व राष्ट्रिय टोलीका कप्तान राजु शाक्यलाई जिम्मेवारी दिईएको जानकारी दिए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat