नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

माघ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली टोलीलाई बधाइ दिएका छन् ।
नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा ओलीले खुशी व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।
‘बहराइनको यू-२३ टिमलाई ३-० को जीत हासिल गरेर नेपाली टिमले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाइ ज्ञापन गर्नुभएको छ’ सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ- साथै खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले खेलकुदको प्रवर्द्धनका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.