एन्फासम्बन्धी प्रतिवेदन राखेपलाई पेश

माघ १३ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का सम्बन्धमा छानबिन गर्न गठन गरेको समितिले राखेपलाई ७ बुँदे सुझावपत्र पेश गरेको छ ।

पछिल्लो समय ‘म्याच फिक्सिङ’, गणेश थापामाथि फिफाले गरेको प्रतिबन्धलगायतका घटनाहरु सार्वजानिक भएपछि राखेपले एन्फाका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय छानबिन तथा सुझावसमिति गठन गरेको थियो ।

नेपाल सरकारका पूर्वसचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठन भएको छानबिन समितिले राखेपसमक्ष मंगलबार ७ बुँदे सुझावपत्र पेश गरेको हो ।

समितिले उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका अन्य तीन पदाधिकारीहरुलाई निलम्बन गर्ने एन्फाको निर्णय विधिसम्मत् नभएको भन्दै उनीहरुलाई सो पदमा कायम राख्न राखेपलाई सुझाएको छ ।

साथै, साधारणसभाको निर्णय नभएसम्मका लागि एन्फाको कार्यकारी समितिलाई कुनैपनि नीतिगत तथा दीर्घकालीन असरपर्ने निर्णय नगर्न राखेपले निर्देशन दिनुपर्ने समितिको ठहर छ ।

यस्तै, फिफाको इथिक्स कमिटीले अध्यक्ष गणेश थापामाथि कारबाही गरेकाले अध्यक्ष पदलाई रिक्त गरी सो पदका लागि विधानसम्मत् निर्वाचन गराउनका लागि राखेपले पहल गर्नुपर्ने समितिको सुझाव छ ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.