Ads Below Title

Ads Inside Post

Ads End Post

Feb 21, 2016

हेटौंडामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि मनाङलाई

फागुन ८। आहारारा गोल्डकप जितेको तीन हप्ता पूरा नहुँदै लक्ष्मी हुण्डाई मनाङ मस्याङ्दीले शनिबार हेटौंडामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता जितेको छ ।
फाइनलमा नेपाल आर्मीलार्इ टाइब्रेकरमा ४-१ गोलअन्तरले पराजित गर्दै मनाङले उपाधिमा आफ्नो नाम लेखाएको हो ।
आहारारा गोल्डकपको फाइनलमा व्यहोरोको हारको बदला लिने उद्देश्य साथ मैदानमा उत्रिएको आर्मीले साग विजेता टोलीका सदस्यद्वय विकेश कुथु र नवयुग श्रेष्ठलाई मैदानमा उतारेपनि कुनै जादु देखाउन सकेन ।
निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा पनि दुवै तर्फबाट गोल नभएपछि खेलको नतिजाका लागि ट्राइब्रेकरको सहारा लिइएको थियो । विजयी टोलीको तर्फबाट टाइब्रेकरमा आद्मबोह सिसेको, अनिल गुरुङ, सुजल श्रेष्ठ र बालोफिनिगो मौसाले गोल गरेका थिए ।
आर्मीका तर्फबाट एकमात्र गोल जितेन्द्र कार्कीले गरेका थिए । हिरण्य मगर र सन्तोष तामाङको प्रहार आकासिएको थियो । उपाधिसँगै मनाङले नगद तीनलाख रुपियाँ र आर्मीले डेढ लाख रुपियाँ प्राप्त गर्‍यो ।
प्रतियोगितामा चार गोल गरेको मनाङका अफिल ओलावाले सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै नगद ३० हजार रुपियाँ प्राप्त गरे ।
मनाङका किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक, आर्मीका जितेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, आर्मीका टंक बस्नेत उत्कृष्ट मिडफिल्डर, मनाङका अनिल गुरुङ उत्कृष्ट फरवार्ड र मनाङका छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद दशहजार रुपैयाँ प्राप्त गरेका थिए ।

No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS