आर्सनल विजयी



माघ २५ । इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल विजयी हुँदा चेल्सी र म्यान्चेस्टर युनाईटेडले एक एक गोलको बराबरी खेलेका छन् ।
उपाधि दावेदारी बलियो पार्नेक्रममा आर्सनलले बर्नमाउथलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन मेसुत ओजील र अलेक्स अक्सलेड चेम्बरलीनले एक एक गोल गरे।
जितसँगै आर्सनल अंक तालिकाको तेस्रो स्थानका उक्लिएको छ । २५ खेलबाट आर्सनलको ४८ अंक छ । समान ४८ अंक जोडेको टोटनह्याम हट्सपर गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ भने ५३ अंक जोडेको लेष्टर सिटी शिर्ष स्थानमा रहेका छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा चेल्सी र म्यान्चेस्टर युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् । चेल्सीको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडका जेस्सी लिङ्गार्डले पहिलो गोल गरे ।
तर इन्जुरी समयमा चेल्सीका डिएगो कोष्टाले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । यो बरारबीसँगै चेल्सीले अन्तरीम प्रशिक्षक गुस हिडिंकको नेतृत्वमा अपराजित यात्रालाई कायम राखेको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.