१२औं साग: भारोत्तोलनमा विकासलाई रजत, देवीलाई कास्य, कुस्तीमा सरोजलाई कास्य पदक

माघ २३ । भारोत्तोलनका विकास थापाले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो रजत पदक जितेका छन् ।

शनिबार गुवाहटीमा भएको अन्तिम स्पर्धामा ६३ केजी तौल समूहका विकासले रजत जितेका हुन् ।

कूल २४२ केजी भारबहन गरेका विकासले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कमा १३० केजी तौल उठाए ।

पहिलो अन्तर्राष्ट्रिय पदक जितेका विकासकोस्न्याचतर्फ राष्ट्रिय कीर्तिमान हो । यसअघि, सो कीर्तिमान ११० केजीको थियो ।

भारोत्तोलनमै शनिबार देवीकुमारी चौधरीले कास्य पदक जितेकी छन् ।

१२औं सागमा नेपाललाई पहिलो पदक दिलाउनेक्रममा देवीले ५३ केजी स्पर्धामा कास्य पदक जितेकी हुन् ।

३१ वर्षीया देवीले स्न्याचमा ५४ तथा क्लिन एन्ड जर्कमा ७५ गरी कुल १२९ केजी भार उचालिन् ।

पाँच खेलाडी सहभागी यो स्पर्धामा देवीले पाकिस्तानी र बंगलादेशी खेलाडीलाई पछाडि पारेकी हुन् ।

यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जितेको छ । सागमा महिला भारोत्तोलन पहिलो पटक समावेश गरिएको हो ।

यता, कुस्तीमा सरोज यादवले कास्यपदक जितेका छन् ।

शनिबारै पौडीमा सोफिया शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान रचे । दुबैले हिट्समा कीर्तिमान रच्दै फाइनल चरणमा ठाउँ बनाएका थिए ।

सोफियाले २ सय मिटर फ्रिस्टाइलमा १ मिनेट १३ दशमलव एक आठ सेकेन्डसहित गौरिकाले बनाएको कीर्तिमान तोडेकी हुन् ।

१३ वर्षीया गौरिकाले १ सय मिटर बटरफ्लाईमा आफ्नै कीर्तिमानमा सुधार गरिन् । उनले १ मिनेट १० दशमलव नौ चार सेकेन्डको समय निकालिन् । 

शनिबार पुरुषतर्फ शिरिष गुरुङ २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट नौ दशमलव नौ दुई सेकेन्डको समयका साथ फाइनल चरणमा पुगे ।

कूल ३८ स्वर्णपदक रहेको पौडीमा गौरिकाले १३, शिरिषले १२ र सोफियाले ८ स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् । 
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.