झापा गोल्डकप फुटबल चैत १९ देखि, विजेतालाई ६ लाख

फागुन ३०। झापामा आगामी चैत १९ गतेदेखि झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।

झापा फुटबल संघको आयोजना तथा रमपम झापा–११ फुटबल क्लबको सहआयोजनामा आगामी चैत १९ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको शनिबार पत्रकार सममेलन गरी जानकारी दिइएको हो ।

खेल झापाको विर्तामोडस्थित डोमलाल रंगशालामाहुनेछ ।

प्रतियोगितामा भारत, बंगलादेश, भुटान र श्रीलंकाका चार क्लबसहित नेपालका विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबले सहभागिता जनाउँदै छन् ।

यस्तै, प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र आयोजक रमपम झापा–११ ले पनि सहभागिता जनाउँदै छन् ।

प्रतियोगिता विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.