Ads Below Title

Ads Inside Post

Ads End Post

Mar 20, 2016

१०औ इटहरी गोल्डकपको उपाधी काडकभिट्टा लाई


चैत ७। इटहरी गोल्डकप अन्तराष्टिय आमन्त्रण फुटवल प्रतियोगीतामा झापाको काडकभिट्टा फुटवल ट्रेनिङ सेन्टर विजयी बनेको छ ।  बिआरसी भुटान र काडकभिट्टा बिच भएको खेलको निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि समयको अभावका कारण अतिरिक्त समय नथपि खेल सिधै ट्राइव्रेकरमा धकेलिएको थियो ।
ट्राइव्रेकरमा काकडभिट्टाका गोल किपर मनोज प्रधानको उत्कृष्ट बचाउ नै आजको खेल जीत्न निर्णायक बन्यो । उनले अन्तिम समयमा भुटानका धिरज तामाङको प्रहारलाई उत्कृष्ट बचाउ गर्दा टीम विजयी बन्न सफल भयो । उनि आजको खेलको उत्कृष्ट खेलाडी बन्न समेत सफल भए ।
ट्राइव्रेकरमा काकडभिट्टाका तर्फबाट सुमिन मैनालीको पहिलो गोल विपक्षीका गोल रक्षकले असफल बनाइदिएका थिए । त्यस्तै बुद्ध चेम्जोङको गोल समेत पोलमा ठोकिएर बाहिरिएको थियो । काकडभिट्टाका खानिरदिलसन लिम्बु, रोवि थापा र देलेन लोक्थनले गोल गरेका थिए । यता भुटानका तर्फबाट वर्तमान राई र विक्रम लिम्बुको प्रहारले मात्र जाली चुम्न सफल बन्यो । बाँकि खेलाडी निराजन खड्का, दिनेक कार्की र धिरज तामाङको प्रहार विपक्षीका गोल रक्षक मनोज प्रधानले विफल बनाइदिएका थिए ।
प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी काकडभिट्टाका बुद्ध चोम्जोङ घोषित भए । उनले २४ इन्चको एलइडि टेलिजिभन प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ता बिआरसी भुटानका धिरज तामाङ घोषित भए । उनले एक थान मोवाइल प्राप्त गरेका छन् । प्रतियोगीतामा उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृती क्लबका दिपेन तामाङ घोषित भए । उनले २२ इन्चको एलइडी टेलिभिजन प्राप्त गरे ।
विजयी टीमले १ लाख ११ हजार १ सय ११ रुपैया, शील्ड ट्रफि र प्रमाणपत्र प्राप्त ग¥र्यो भने उपविजेता टीमले ५५ हजार ५ सय ५५ रुपैया, शील्ड ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो  । विजयी तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसव विष्टले पुरस्कार प्रदान गरेका थिए ।







No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS