आर्सनल र टोटनह्याम हट्सपर पराजित

फागुन २० । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा उपाधि दावेदार टोली आर्सनल र टोटनह्याम हट्सपर पराजित भएका छन् ।
अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटनह्याम हट्सपरलाई वेष्ट ह्याम युनाईटेडले १–० ले हरायो । यसैगरी तेस्रो स्थानको आर्सनललाई स्वान्सी सिटीले २–१ ले पराजित गर्‍यो।
प्रिमियर लिग अन्तर्गत गएराति भएका अन्य खेलहरुमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदा म्यानचेस्टर युनाईटेडले वाट्फोर्डलाई १–० ले पराजित गर्‍यो ।
बुधबार रातिका खेल पछि प्रिमियर लिग फुटबलको अंक तालिकामा टोटनह्याम हट्सपर र आर्सनलले शीर्ष स्थानको लेष्टर सिटीसँग अंक दुरी घटाउने अवसर गुमाएका छन् ।
२७ खेलबाट ५७ अंक जोडेको लेष्टर सिटी तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ५४ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ भने ५१ अंकको साथ आर्सनल तेस्रो स्थानमा रहेको छ ।
४७/४७ अंक जोडेका म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेड क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.