लेष्टर सिटीले म्यान्चेस्टरलाई बराबरीमा रोक्यो

वैशाख २० । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ । 
यो बराबरीसँगै लेष्टर सिटीले ऐतिहासिक उपाधिका लागि कम्तिमा अर्को एक खेल कुनुपर्ने भएको छ । हिजोको खेलमा म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्टियलले पहिलो गोल गरे । तर यसको केही समयपछि लेष्टरका मोर्गानले गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
बराबरीसँगै लेष्टर सिटीले अंक तालिकामा १ अंक थपेको छ । लिगमा ३६ खेलबाट उसको ७७ अंक छ भने एक खेल कम खेलेको टोटनह्याम हट्सपरको ६९ अंक छ ।
आज हुने खेलमा टोटनह्यामले चेल्सीसँग खेल्दैछ । यो खेल टोटनह्यामले जित्न नसकेको खण्डमा लेष्टर सिटीले इंग्लिश प्रिमियर लिगको उपाधि जित्नेछ ।
यो खेलमा टोटनह्याम विजयी भएको खण्डमा भने लेष्टरले उपाधि जित्न बाँकी रहेका दुई खेलबाट कम्तिमा दुई अंक ल्याउनुपर्ने हुन्छ ।
इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका अन्य खेलहरुमा स्वान्सीले लिभरपुललाई ३–१ ले हराँउदा साउथ ह्याम्पटनले म्यान्चेस्टर सिटीलाई ४–२ ले पराजित गरेको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.