Responsive Ad Slot

ताजा समाचार

latest

गोधुली क्लब विजयी

May 2, 2016

/ by Unknown
वैशाख २०  । धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आइतबार भएको खेलमा गोधुली क्लब धरान विजयी भएको छ ।

गोधुलीले ब्वाइज युनियन काठमाडौंलाई ३—१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

गोधुलीको जितमा मिलन राईले खेलको ५२औं ५६औं र ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

ब्वाइज युनियनका लागि खेलको २६औं मिनेटमा अफ्रिकन खेलाडी ओलावालेले फ्रि–किकमार्फत् गोल गरेका थिए ।

प्रतियोगिताको तेस्रो खेल सोमबार बीआरसी भुटान र सशस्त्र प्रहरीको एपीएफबीच हुनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat