Responsive Ad Slot

ताजा समाचार

latest

बार्सीलोनाले चुम्यो किङ्स कप

May 23, 2016

/ by Anonymous

जेठ १० । स्पेनिस किङ्स कप फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । कोपा डेल रे समेत भनिने यो प्रतियोगिताको फाइनलमा सेभियालाई हराउँदै बार्सीलोनाले कीर्तिमानी २८ औं पटक उपाधि पक्का गरेको हो ।
आइतबार राति भएको खेलमा बार्सीलोना २-० ले विजयी भयो । खेलको ३६ औं मिनेटमा हेभियर मास्केरानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सा १० जनामा समेटियो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा भने नाटकीय परिणाम आयो ।
सेभियाका एभर बानेगाले रातो कार्ड खाएपछि टोली १० जनामा समेटियो । यसैको फाईदा उठाउँदै बार्सीलोनाका योर्डी अल्बाले पहिलो गोल गरे ।
अतिरिक्त समयको अन्तिम मिनेटमा सेभियाका क्यारीको मार्टीन्सले पनि रातो कार्ड खाएपछि टोली ९ जनामा समेटियो ।
खेलमा केही सेकेण्ड मात्रै बाँकी छँदा बार्सीलोनाका नेयमारले एक गोल गरेपछि टोली २-० ले विजयी भएको हो ।
जितसँगै बार्सिलोनाले यो सिजन पनि ला लिगा र किङ्स कप गरी दुई वटा उपाधि जितेको छ । युरोपा लिग च्याम्पियन सेभियाको भने घरेलु उपाधि जित्ने सपना अधुरै रह्यो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat