स्वीट्जरल्याण्ड र वेल्स विजयी

जेठ ३० । फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत हिजो भएका खेलहरुमा स्वीट्जरल्याण्ड र वेल्स विजयी भएका छन् ।
समुह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले अल्बानियालाई १–० ले हरायो । खेलमा स्वीस टोलीलाई विजयी गराउन फाबियन शहारले निर्णायक गोल गरे ।
अल्बानियाका कप्तान लोरिक साना ३६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि टोलीले अधिकांश समय १० जनाले खेल्नुपरेको थियो ।
युरोकप अन्तर्गत गएराति भएको अर्को खेलमा वेल्सले स्लोभाकियालाई २–१ ले हराएको छ । वेल्सलाई विजयी गराउन ग्यारेथ बेल र हाल रोब्सन कानुले एक–एक गोल गरे । पराजित टोली स्लोभाकियाको लागि ओन्द्रेज डुडाले एक गोल फर्काए ।
युरोकपअन्तर्गतको अर्को खेलमा इङ्ल्यान्डलाई रुसले एक–एक गोलको बराबरीमा रोकेको छ । खेलमा इङ्ल्यान्डका एरिक डायरले पहिलो गोल गरे पनि रुसका भासीली बेरेजुस्कीले ईन्जुरी समयमा एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने खेलमा टर्की र क्रोएशिया भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे पोल्याण्ड र नर्दन आयरल्याण्ड भिड्दा राति पौने १ बजे जर्मनीले युक्रेनसँग खेल्नेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.