सरीता र मनीतालाई स्वर्ण

असार ४। अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह -पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमुनि फाइनलमा सरीताले सीडब्लुसीएनकी मनीषा महर्जनलाई पराजित गरिन् । महिला ५७ केजीमुनि उपाधि भिडन्तमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता मनीताले सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी देवीका खड्कालाई हराइन् ।
ओलम्पिक डेको उपलक्ष्यमा नेपाल जुडो संघ र स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि उमेश मगर, ८१ केजीमुनि सन्तोष सुनुवार तथा ९० केजीमुनि श्रीराम मकाजुले पहिलो स्थान हात पारे ।
फाइनलमा उमेशले पामका सुदेश दोङ, सन्तोषले प्रहरीका राजबहादुर चन्द तथा श्रीरामले नेपाल आर्मी क्लबका रमेशबहादुर चन्दको चुनौती समाप्त पारे । विजेतात्रय प्रहरीका हुन् ।
विजेतालाई आयोजक कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।
दुईदिने प्रतियोगितामा ५४ पुरुषले ५ तथा ३८ महिलाले ४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । अन्तिम दिन शनिबार ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.