क्रोएशियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

असार १२। क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।
फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलको उद्धार गरे । उनी जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७औं मिनेटमा मैदान प्रबेश गरेका थिए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।
यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि अन्त्यतिर पाएको अवसर सदुपयोग गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुग्यो । अभागी ठहरिएको क्रोएशियाले खेल अवधिभर पोर्चुगलको पोष्टमा २१ पटक आक्रमण गरेको थियो जवकि पोर्चुगलले त्यस्तो अवसर ४ पटकमात्र पाएको थियो ।
सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि उ सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसको विपरित पछिल्ला पाँच संस्करणमा क्रोएशियाले पहिलो पटक नकआउट चरण खेलेको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.