Responsive Ad Slot

ताजा समाचार

latest

रोनाल्डो बने मड्रिडको ‘राजा’

Jul 7, 2016

/ by shyane.com.np
असार २३ l युरोकपमा मड्रिड युद्ध सकियो र क्रिष्टियानो रोनाल्डो मड्रिडको ‘राजा’ बनेका छन् ।
हो, युरोकपको पहिलो सेमिफाइनलमा वेल्स र पोर्चुगलको खेललाई स्पेनिस जाइन्ट रियल मड्रिडका दुई स्टार खेलाडी रोनाल्डो र ग्यारेथ बेलबीचको भिडन्तका रुपमा पनि हेरिएको थियो ।
बिहीबार विहान भएको खेलमा बेलको टिमलाई २-० ले हराउादै रोनाल्डोको टिम फाइनलमा पुगेको छ । र, खेलमा पहिलो गोल रोनाल्डोले नै ५० औं मिनेटमा गरेका थिए ।
यो हारले वेलको युरोकप २०१६ को यात्रामा पूर्णविराम लागेको छ ।
र, मड्रिडको ‘राजा’ रोनाल्डो बनेका छन् ।
तर, वेल्सलाई पहिलो सहभागितामा नै अन्तिम चारसम्म पुग्याउन बेलले गरेको योगदान उल्लेखनीय छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat