पुस ५ । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइ.एम.एस ग्रुपले ए.एफ.सी सोलिडारिटि कपको उपाधी जितेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरेको छ ।
आइ.एम.एस ग्रुपले टाँसी घलेसँगको सहकार्यतामा राजधानीमा आज एक कार्यक्रमको आयोजना गर्दै बिजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमका आइ.एम.एस गु्रपका सिइओ डिकेश मल्होत्राले टिमका सदस्यहरुलाई जनही एक थान सामसुङ ग्यालेक्सि जे फाइभ मोबाइल सेट प्रदान गरे ।
सम्मान कार्यक्रममा बोल्दै एन्फाका मानार्थ अध्यक्ष टाँसी घलेले सरकारले खेलाडीलाई दिने भनेको नगद पुरस्कार दिन ढिलाई गरि रहेको बेला निजी क्षेत्रबाट यस्तो सम्मान हुदा सरकारलाई प्रतक्ष दबाब पर्नुका साथै खेलाडीहरुले समेत उर्जा महशुस गर्ने बिश्वास ब्यक्त गरे ।
यस्तै, राष्ट्रिय टोलीका उपकप्तान बिराज महर्जनले नेपाली फुटबल टोलीले आगामी दिनमा पनी यस्तै सुखद नतिजा निकाल्दै राष्ट्रको शिर उच्चो पार्ने दाबी गरे ।
अघिल्लो महिना मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपमा मकाउलाई १–० ले हराउदै नेपालले उपाधी जितेको थियो ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.